nepal ahile circle final NEW

फागुन १९ बाट बिगमार्टका ५ शाखा पोखरामा सञ्चालन हुँदै

फागुन १९ बाट बिगमार्टका ५ शाखा पोखरामा सञ्चालन हुँदै

पोखरा । काठमाण्डौँमा ८५ भन्दा बढी शाखा माफर्त सेवा दिएर ग्राहकमाझ स्थापित बनेको बिगमार्टले पोखरामा समेत शाखा विस्तार गर्ने भएको छ । पोखराको फूलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ गरेर ५ ठाउँमा शाखा विस्तार गर्न लागेको हो । पोखरामा सञ्चालनमा आउन लागेका ५ वटै शाखाको ओपनिङ फागुन १९ गते गर्ने बिग मार्टले जनाएको छ ।

शाखाको ओपनिङको अवसरमा ग्राहकलाई विशेष छुट र आकर्षक पुरस्कार प्रदान गर्ने मार्टको तयारी छ । ७ सय ५० रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्र मार्फत पुरस्कारका लागि सहभागी बन्न सक्नेछन् । एकजना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कार मार्फत हिरो स्कुटर प्रदान गर्ने समेत बताइएको छ ।

पोखरा आसपासका ग्राहकले  सेवालाई रुचाउने बिगमार्टले अपेक्षा गरेको छ । गुणस्तरिय सामान विशेष छुटको साथमा सुपथ मुल्यमा प्राप्त गर्न पाउने र पुरस्कार समेत हात पार्न सक्ने भएकोले आफुले प्रदान गर्ने सेवाबाट ग्राहक लाभान्वित बन्ने मार्टको विश्वास रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्