nepal ahile circle final NEW

उत्तरपश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको केन्द्रिय बैंकको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब डलर पुग्यो

इस्लामावाद, (रासस-सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् ।

सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ ।

मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।

जीर्ण सवारी साधन, अव्यवस्थित सडक र सडक सुरक्षाको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्