सर्वसाधारण तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा ९ जना पक्राउ

  • नेपाल अहिले
  • फागुन १६, २०८०
सर्वसाधारण तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा ९ जना पक्राउ

पोखरा । कास्की प्रहरीले सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दु:ख हैरानी दिएको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।
पोखराको पृथ्वीचोक तथा मुस्ताङ चोकमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने गरेको आरोपमा उनीहरूलाई फागुन १५ गते प्रहरीले  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ को मोहन आचार्य, नागढुङ्गा बस्ने वर्ष ४० को नारायण अधिकारी, वर्ष ४४ को श्याम प्रसाद शर्मा, वर्ष २५ को विकास कुंवर, पृथ्वीचोक बस्ने वर्ष २१ को बिमल ठकुरी , पृथ्वीचोक बस्ने वर्ष २१ को विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ को रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने वर्ष १९ को सविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुर्यबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका ९ जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पहिलोपटक पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको रानाले खुलाए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media