nepal ahile circle final NEW

पोखरा भित्रियो भारतको चर्चित विद्युतीय स्कुटर एथर, अटोवेज आधिकारिक डिलर

पोखरा भित्रियो भारतको चर्चित विद्युतीय स्कुटर एथर, अटोवेज आधिकारिक डिलर

पोखरा । भारतीय चर्चित विद्युतीय स्कुटर ब्रान्ड एथर पोखरामा भित्रिएको छ । पोखराको नयाँबजारमा रहेको अटोवेज प्रालिले आधिकारिक डिलर बन्दै उक्त ब्रान्डका स्कुटर पोखरा भित्र्याएको हो । शनिबार नयाँबजारस्थित अटोवेजको भवनमा एथरको शोरुम शुभारम्भ पश्चात् लेकसाइड स्थित बिच बारमा  एथर ब्रान्डका स्कुटर सार्वजनिक गरियो । एथरको सफल मोडल ‘४५० एक्स’ मोडेल स्कुटर २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पसहित छ थरीका कलरमा एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले आफूहरूले २० वर्ष देखि अटो-मोबाइल क्षेत्रमा काम गर्दै आएको र हजारौँको संख्यामा सन्तुष्ट ग्राहक कमाएको बताउँदै सोही विश्वासलाई थप मजबुत बनाउन विद्युतीय स्कुटर ब्रान्ड एथर भित्राएको बताए । उनले भारतीय बजारमा व्यापक रूपमा फैलिँदै ख्याति कमाएको एथरलाई पोखरा लगायत गण्डकी क्षेत्रका ग्राहक वर्गले स्थापित विद्युतीय स्कुटर ब्रान्डको रूपमा रोज्ने विश्वास समेत व्यक्त गरे ।

‘कोरोना कालखण्डमा २०१८ बाट उदाएको एथरले विद्युतीय सवारीमा भारतीय बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘ विश्व बजारमै चर्चा कमाएको यसले पोखरा, गण्डकी र समग्र नेपालको ठूलो हिस्सा ओगट्ने छ भन्ने विश्वास एक साझेदारका हिसाबले अटोवेजले लिएको छ।’

विद्युतीय स्कुटर ब्रान्ड एथर हर हिसाबले फाइदाजनक रहेको उनले बताए । पेट्रोल स्कुटरले एक दिनमा न्यूनतम दुई लिटर पेट्रोल मात्र खपत गरेछ भने पनि वर्षभरिमा ७२० लिटर तेल बचत हुने र तीन वर्षमा एथर विद्युतीय स्कुटरको लागत मूल्य नै रिटर्न हुने उनले बताए । विद्युतीय स्कुटरको प्रयोगले वातावरण प्रदूषण समेत रोकिने उनको भनाई छ ।

पौडेलले विद्युतीय सवारीसाधनमा जनताको लागि एक खरब बराबरको करमा छुट दिएकाले जनताले विद्युतीय स्कुटर अहिलेको मूल्यमा प्राप्त गर्न सफल भएको बताए । विद्युतीय सवारीसाधनको सवालमा राज्यले धेरै घाटा खाएर जनतालाई फाइदा हुने काम भएकाले त्यसको फाइदा जनताले उठाउन सक्नुपर्ने पौडेलले बताए ।

‘सरकारको नीतिका कारण अहिलेको लागत मूल्य तिन वर्षमै फिर्ता हुने भएकाले आर्थिक हिसाबले र वातावरणीय हिसाबले समेत विद्युतीय स्कुटर निकै फाइदाजनक छ, त्यसैले व्राण्डका रूपमा स्थापित भइसकेको विश्व स्तरीय विद्युतीय स्कुटर एथर खरिद गरेर बेलैमा लाभ उठाउन म सबैमा अनुरोध गर्दछु,’ पौडेलले भने ।

एथरको नेपालमा आयातकर्ता रहेको कम्पनी वैद्य इनर्जीका सीईओ सूयान्स वैद्यले स्थापना भएको पाँच/छ वर्षको अवधिमा विश्व बजारमा अग्र स्थान ओगट्नु सानो कुरा नभएको भन्दै वैद्य इनर्जी र अटोवेज दुवैले नेपालभर विद्युतीय स्कुटर एथरले अग्रस्थान कायम राख्ने विश्वास लिएको बताए ।

सीईओ वैद्यले भने, ‘नेपालको विद्युतीय स्कुटरको बजारमा एथरले अग्रस्थान बनाइसकेको छ । हामीले पोखराको अटोवेजसँग २० वर्षदेखिको गर्भिलो सहकार्य गर्दै आएका छौँ । हामी सेवा, सुविधा, प्रविधि कुनै पनि हिसाबले सम्झौता गर्दैनौ । पोखरामा एथर भित्रिदा हामी एकदम उत्साहित भएका छौँ।’ उनले पोखरामा अटो मोबाइलको क्षेत्रमा अग्रणी स्थान ओगटेको अटोवेज एथरको आधिकारिक डिलर बनेको भन्दै उनले अटोवेजका अध्यक्ष नारायण पौडेल र प्रबन्ध निर्देशक सन्ध्या पौडेलले कडा मेहनत र ग्राहक वर्गको विश्वासका कारण एथर थप लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । उनले नेपालमा काठमाडौँ र ललितपुरपछि अहिले पोखरामा एथर भित्र्याइएको बताए ।

त्यसअघि नयाँ बजारमा शोरुम शुभारम्भ कार्यक्रममा बोल्दै अटोवेजकी प्रबन्ध निर्देशक सन्ध्या पौडेलले अटो मोबाइलको क्षेत्रमा अटोवेजलाई ग्राहक र साझेदारहरूले गरेको विश्वासका कारण पोखरामा एथरको आधिकारिक डिलर बन्ने प्रेरणा मिलेको बताइन ।

अटोवेज डिलर बनेसँगै सर्भिस स्टेसन र अटोवेज भवन र लेकसाइड गरी दुई ठाउँमा चार्जिङ स्टेसन स्थापित भइसकेको बताउँदै निर्देशक पौडेलले यस क्षेत्रको आवश्यकताका आधारमा छिट्टै थप दुई ठाउँमा चार्जिङ स्टेसन तयार हुने जानकारी दिइन । शोरुमको शनिबार अटोवेज प्रालिका निर्देशक नारायण पौडेल, प्रबन्ध निर्देशक सन्ध्या पौडेल र वैद्य इनर्जीका सीईओ सूयान्स वैद्यले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

एथरको ३.७ किलोवाट आवर ब्याट्री मोडेलको स्कुटरको मूल्य चार लाख ३९ हजार ९०० रुपैयाँ र २.९ किलोवाट आवर ब्याट्री मोडेलको स्कुटरको तीन लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एथरको ३.७ किलोवाट ब्याट्री भएको स्कुटरको रेन्ज १५० किलोमिटर र २.९ किलोवाट ब्याट्री भएको एथरको रेन्ज १११ किलोमिटर रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एथरको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा सम्म रहेको छ ।

एथर ‘४५० एक्स’ मा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी टच स्क्रिन डिस्प्ले, वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आइपि ६५ रेटिङ, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ कनेक्सन जस्ता अविश्वसनीय फिचर रहेको कम्पनीको दाबी छ ।

एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यी दुवै मध्ये कुनै पनि सीमा भित्र ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा तल झरेको खण्डमा नयाँ ब्याट्री उपलब्ध गराइने छ ।

३.७ किलोवाट आवर मोडेलको ब्याट्री भएको स्कुटर घरमै चार्ज गर्दा साढे चार घण्टा लाग्ने र २.९ किलोवाटको ब्याट्री भएको स्कुटर चार्ज गर्न ६ घण्टा ३६ मिनेट लाग्ने छ । तर, चार्जिङ स्टेसनमा भने ४० मिनेट मै चार्ज हुने बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्