nepal ahile circle final NEW

खुसीको अभिनय रहेको ‘हर्कत’ गीतको भिडियो सार्वजनिक

खुसीको अभिनय रहेको ‘हर्कत’ गीतको भिडियो सार्वजनिक

पोखरा । सुवास ढुंगानाको आवाजमा रहेको ‘हर्कत’ बोलको गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ गीतको रेकर्डिङ राजाबाबु चौधरी र मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् ।

गीतको भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा मेरो डान्स युनिभर्सकी बिजेता थाइल्यान्ड बर्माकी नेपाली भाषी खुसी कार्की सहित रोहन नेपाली र सुवास ढुंगानाको अभिनय हेर्न पाइन्छ । कार्कीले काम गरेको यो पहिलो भिडियो भएको दावी निर्माण पक्षको छ ।

एसभिभिटी प्रोडक्सन तथा अर्को प्रोडक्स को सहकार्यमा तयार पारिएको म्युजिक भिडियोको निर्देशन रोहन नेपालीले गरेका हुन् । नहकुल खड्काको सम्पादन, सुप्रिम पराजुलीको रंग सयोजन रहेको भिडियोलाई मिलन शंकरले खिचेका हुन् । सुवास ढुंगाना अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गीतले दर्शकको साथ पाउने अपेक्षा निर्माण युनिटले गरेका छन् । गीत हेरेर प्रतिक्रिया दिन सबै दर्शक श्रोतालाई उनिहरुले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्