nepal ahile circle final NEW

कमेडी जनराको नाटक ‘रिफण्ड’ पोखरामा मञ्चन हुँदै, रिहर्सल जारी

कमेडी जनराको नाटक ‘रिफण्ड’ पोखरामा मञ्चन हुँदै, रिहर्सल जारी

राजाराम पौडेल, पोखरा । नाटक ‘रिफण्ड’ पोखरामा मञ्चन हुने भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । परिवर्तनको निर्देशनमा मञ्चन तयारी गरिएको नाटकको रिहर्सल भैरहेको छ ।

नाटक पोखरा थिएटरको प्रस्तुतीमा फागुन १४ गतेबाट ग्रैहापाटन पोखरामा रहेकाे गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । बुकिङ शो मार्फत मञ्चन गर्ने तयारी गरिएको नाटक फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने थिएटरले जनाएको छ ।

निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण हुने यो नाटकले सन्देश समेत बोकेको बताए । एक घण्टा अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिने उनको भनाइ छ ।

‘८५ वर्ष अगाडि लेखिएको नाटक आजपनि उतिकै सान्दर्भिक छ, रटन शिक्षाले कस्तो उत्पादन गर्छ, नाटकले ज्वलन्त उदाहरण प्रस्तुत गर्दछ’ निर्देशक परिवर्तनले भने । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ ।

नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । उनीहरुले आफ्नो भूमिकालाई आर्कषक बनाउन रिहर्सल मार्फत निखारता थपिरहेका छन् ।

नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पुर्‍याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिँदैछन् ।

सबै टीमको मेहनतका कारण नाटक मञ्चन भव्य बन्ने आयोजक पोखरा थिएटरले अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे  हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।

नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाउनेछन् । नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शाे बुकिङ समेत खुल्ला भैसकेकाे पोखरा थिएटरले जनाएकाे छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्