तालपारिको जीवनशैली सकसपूर्ण

  • नेपाल अहिले
  • फागुन ७, २०८०
तालपारिको जीवनशैली सकसपूर्ण

पोखरा । पोखरालाई चिनाउने प्रमुख कारण हो फेवाताल । फेवाका कारण पोखरा पर्यटकीय नगरीका रुपमा स्थापित छ । फेवाकै कारण ताल वारिको क्षेत्र पर्यटकीय रुपमा परिचय बनायो – लेकसाइडको । फेवातालका किनारमा रहेका दुई स्थानको कथा फरक छ । तालपारि भने अझैपनि विकट क्षेत्रका रुपमा परिचित छ । आधारभूत सेवा लिनका लागि तालपारिका नागरिकलाई सकस छ ।

तालपारि सडकसञ्जाल सुविधा सहज छैन । दैनिकरुपमा वारपार गर्ने प्रमुख माध्य हो डुंगा । विद्यार्थी शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा तय गरेर ताल वारि आइपुग्छन् । न लाइफ ज्याकेट न कोही प्रौढको साथमा । एक्लाएक्लै हरेकदिन विद्यार्थी डुंगाको सयर गरेर तालवारिको विद्यालय आइपुग्छन् ।

तालपारिका विद्यार्थीको प्रश्न छ – तालपारि हामी कहिलेसम्म आफनो ज्यान जोखिमा राखिराखि डुंगा वारपार गर्ने केही व्यवस्थापन गरिदिनु पर्‍यो ।’ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा भएको ‘तालवारि–तालपारि’ सत्रमा १० कक्षामा अध्ययनरत छात्राको प्रश्न हो यो । सत्रमा वक्ताको रुपमा गणेशमान गुरुङ, अञ्चला चौधरी र ज्ञानबहादुर जलारी उपस्थित थिए भने सहजकर्ताको भूमिका रघुनाथ वाग्ले ।

स्थानीयको गुनासो छ तालपारि विकास भएन । तालपारिको जीवनशैली सकसपूर्ण छ । सत्रमा अर्का स्थानियले गुनासो राखेका थिए – आपतै आपतको तालपारि । ‘आपतै आपतको तालपारि । उज्यालो ताल वारि । मैले धेरै पढेको छैन । तर, मैले बुझेको लेकको अर्थ ताल साइडको अर्थ किनार के यही बैदाम मात्र किनार भया ? हामी अनदु लामडाँडा सिम्ले वरिपरिको गाउँहरु तिनीहरु पनि त जम्मै लेकसाइड हो नि,’उनले सुनाए ।

तालपारि सहज रुपमा सडक सञ्जाल नजोडिँदा पनि स्थानियले सास्ती छ । प्रदेश सरकार तालपारिलाई पर्यटकीयस्थलका रुपमा जोड्न योजना ल्याएको सुनाउँछ । ‘यसलाई व्यवस्थित गर्न योजना बनिसकेको छ । तालको क्षेत्र सबै लेकसाइड हो । प्रदेश सरकारले राउन्ड फेवा योजना अघि सारको छ । सबै कुरा हो भिजन छ । सबै किनारमा प्रगति हुनुपर्छ,’सांसद गणेशमानले भने ।

राउन्ड फेवाको योजना पूरानो हो । तालपारि सडक सञ्जाल नजोडिएको होइन । तर, असहज रुपमा । आकस्मिक सेवाका लागि तालपारिका स्थानिय तालवारि आउनुपरे प्रयोग गर्ने दुईबाटो छन् । एक आधा घण्टा बढी फेरो पारेर छोरेपाटन यात्रा वा डुंगाको सयर । एम्बुलेन्सको सेवा पुग्नका लागि सडक जोडिएका छैनन् तालपारिका गाउँमा । सहजकर्ताको प्रश्न थियो यही विषयमा – ताल पारि कहिले एम्बुलेन्स पुग्छ ? सांसद गणेमानले आफूहरुसँग विकासको लागि भिजन भएको सुनाए । सडकसञ्जाल जोडिनका लागि काम अघि बढेको बताउँछन् उनी ।
‘पानीभन्दा माथि पुल बनिसकेको छ । त्यहाँबाट बाटो यहाँ ल्याउने हो । कसरी लैजानुपर्छ विज्ञ राखेर लगिन्छ । हुन्छ । हिजो तालभन्दा माथि बाटो लैजानै हुन्न भन्ने थिए । लगेरै छोड्यौ त ? हामी सक्दैनौँ त ? ढुक्क हुनुहोस् हामी सक्छौँ आइ ह्याब प्लान मसँग भिजन छ,’उनले भने ।

तालवारिको बस्ती विकासका लागि विश्व बैंकसँग मिलेर प्रदेश सरकारले योजना ल्याउन लागेको नीति तथा योजना आयोगकी सदस्य अञ्चला चौधरीले सुनाइन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media