‘संसारको सबैभन्दा झुटो मान्छे इमानदार अभिनेता हो’: अनुप बराल

  • नेपाल अहिले
  • फागुन ७, २०८०
‘संसारको सबैभन्दा झुटो मान्छे इमानदार अभिनेता हो’: अनुप बराल

पोखरा । ११ औँ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन अभिनयसँग सम्बन्धित सत्र अभिनयको फरक अन्दाज सम्पन्न भएको छ । उक्त सत्रमा बोल्दै अभिनेता तथा निर्देशकअनुप बरालले एउटा इमानदार अभिनेता नै संसारको सबैभन्दा झुटो मान्छे हुने बताएका छन् । आफूभन्दा फरक पात्रको रुपमा उभिएर दर्शकलाई त्यसमा विश्वास गराउन सक्नु एउटा कुशलअभिनेताको गुण रहेको उनले जिकिर गरेका हुन् ।

सुरज सुवेदीले सहजिकरण गरेको सत्रमाआफूले गरेका अभिनय सम्झिँदै बरालले बाल्यकालमा चोरेर खुदो खाएको, झुट बोलेर सिनेमा हेर्न गएको प्रसंग जोडे । वक्ताकै रुपमा रहेकीअभिनेत्री सृष्टी श्रेष्ठले पनि बाल्यकालमा बुवाआमाले थाहा नपाउने गरी फिल्म हेर्ने गरेको घटना सम्झिँदै अभिनय यात्रा त्यतिबेलादेखि नै सुरु भएको बताइन् । तर, त्यसरी गरिने अभिनय र फिल्मअथवा नाटकको लागि गरिने अभिनयमा भने तात्विक फरक रहेको बरालले स्पष्ट पारे ।

त्यस्तै रंगमञ्चमा गरिने अभिनय र फिल्ममा गरिने अभिनयमा पनि केही भिन्नता हुने उनले बताए । ‘मैले बढी समय थिएटरमै बिताएँ । मिडियमसँगै अभिनय शैली पनि फिल्म र थिएटरमा फरक हुन्छ ।’उनले भने,‘धेरै मान्छेसम्म आफ्नो आवाज र हाउभाउ प्रत्यक्ष  पुर्‍याउनुपर्ने भएकाले थिएटरमा अलिकति बढाइ चढाइ गर्नुपर्ने हुन्छ । तर,सिनेमामा रिसाउँदा, खुसीहुँदा वा अन्य अवस्थामा चियाको कप उठाउने तरिकामै पनि फरक इमोसन हुन्छ । क्यामेराले त्यो पनि देखाउन सक्छ ।’ जुन ठाउँमा अभिनय गरे पनिआफ्नो भूमिका प्रतिको इमानदारिता एउटा कुशल अभिनेताको पहिचान रहेको उनले बताए ।

अभिनय गर्दा कारण खोज्नु कति महत्वपूर्ण हुन्छ भन्ने बताउँदै बरालले भने, ‘हामीलाई टाउको दुःखेको अभिनय गर्नुपर्‍यो भने टाउको समात्छौँ । तर के कारणले टाउको दुखेको हो भनेर खोज्नतिर लाग्दैनौँ ।यो धेरै अभिनेताहरुको समस्याहो । एउटा अभिनेताले दिइएको स्थान, समय रफ्रेममा रहेर कारण खोज्दै गयो भने त्यसले धेरै बाटो पनिखोल्छ ।’

फिल्ममाअभिनयगर्दा आफूले निर्देशकको भिजनमा काम गरिरहेको छु भन्ने कुरा सधैँ याद राख्ने अभिनेत्री सृष्टी श्रेष्ठले बताइन् । ‘कुनै सिनमाआफूले गरेको रियाक्ट नै कसरी आयो भन्ने थाहा हुँदैन तर त्यो रियाक्टमा पात्र नै हुन्छ । छायांकन अघि गरिने वर्कशप, फिल्म र पात्रकाबारेमा हुने छलफलले एक्टर र डिरेक्टर एउटै स्टेजमा ल्याएको हुन्छ ।’ राधाको उदाहरण दिँदै उनले भनिन्, ‘राधामा कामगर्दा पात्र यति पर्सनल भइसकेको थियो कि त्यो हाम्रो लागि एउटा सन्तान जस्तो थियो । जसले गर्दा सुटिङमा धेरै म्याजिकल मोमेन्ट घटित भएको थियो ।’

एउटा राम्रो फिल्म बन्नका लागिअभिनेता र निर्देशकबीचको सम्बन्ध एकदमै घनिष्ठ हुनुपर्ने बरालले बताए । निर्देशकले अभिनेताका लागि स्वतन्त्र ठाउँ दिइ पात्र मार्फत नयाँ कुरा खोज्ने वातावरण बनाइदिने र अभिनेताले निर्देशक सामु आफूलाई समर्पित गरेमा पटकथामा नसमेटिएका सुन्दर घटनाहरु तत्काल घट्न सक्ने उनको भनाइ थियो । निर्देशकआफ्नो अडानमा रहँदाअ भिनेताबाट निस्कन सक्ने जादु गुम्ने भएकाले आफू काम गर्दा त्यस्ता कुरामा सचेत रहने उनले बताए ।

समाजमा बलियो हुनुपर्छ, रुनु हुँदैन,आफ्नो भावना देखाउनु हुँदैन भन्ने प्रचलनले गर्दा मान्छे आफैदेखि टाढा हुने भएकाले एउटा अभिनेताले ति कुरा चिर्नुपर्ने श्रेष्ठले बताइन् ।उनले भनिन्, ‘एउटा एक्टर भोल्नरेबल हुनुपर्छ,हामीमा भएका सबै पाटा सँग साक्षातकार हुनुपर्छ । त्यसोभएमा मात्रै आफूसँग कनेक्ट हुन सकिन्छ । म त्यसरी नै कामगर्ने प्रयास गर्छु ।’

‘अभिनयगर्दा चरित्रको पृष्ठभूमीले ठूलो प्रभाव पार्छ । पानीफोटोमा द्वन्द्वकालबाट पिडित मान्छेहरुलाई नजिकबाट नियाल्ने कोसिस गरेँ । मलामीमा कालको चरित्र थियो, नदेखिएका चरित्र गर्दाकल्पनाले कामगर्दो रहेछ ।’उनले भने, ‘त्यसरी काम गरेको चरित्रको माया त लाग्छ । तर माया लागे पनि त्यो छोड्नुपर्ने हुन्छ । नत्र त्यो अरु काममा आउँदो रहेछ । जुन एउटा अभिनेताले चाहँदैन ।’ उनले मेथड एक्टरको रुपमा चर्चित हलिउड फिल्म ‘द डार्क नाइट’का अभिनेता हिथ लेजर, जसको त्यो फिल्मपछि निधनभएको थियो, उदाहरण दिँदै एउटा अभिनेताले आफूले निभाउने चरित्रलाई त्यो स्तरमा जीवनसँग नजोड्न पनि अनुरोध गरे ।

© 2026 All Rights Reserved | Nepal Ahile Media