आँखा विशेषज्ञसँग आँखाको भाका

  • नेपाल अहिले
  • फागुन ७, २०८०
आँखा विशेषज्ञसँग आँखाको भाका

पोखरा । जलविन्दु रोगमा नेपालकै पहिलो विशेषज्ञ हुन् सुमन थापा । हालसम्म ६० हजार बढीको उपचार गरिसकेका सुमनको परिचय त्यति मात्र सिमित छैन । पढाईमार्फत डाक्टर बनेका सुमनको मन मुटुमा संगीत ताजै छ ।

सानैदेखि म्युजिसियन बन्ने लक्ष्य राखेका सुमन कलकत्तामा पिएचडी गरेका थिए । म्युजिसियन सिक्ने बाटोमा अघि बढेका सुमन साथीको लैलैमा लागेर डाक्टर पढेको बताउँछन् । ‘सानैदेखि म्युजिक सिक्ने चाहना थियो । त्यहि पढ्छु सोचेको थिए । एकजना भुटानी साथीले डाक्टर पढम् भने त्यसपछि डाक्टर पढ्छु भनेर लागे,’ उनले भने, ‘मैले डाक्टर पढेँ, उसले अर्कै बढ्यो ।’

उनीले हालसम्म बाइपासदेखि ब्ल्यु फ्रेट नामक क्रियाशील सांगीतिक समूहमा काम गरिसकेका छन् । आफैँ गीत लेख्छन्, गितारमा औंला चलाउँछन्, र धुन पनि आफै भर्छन् ।

सबैभन्दा सजिलो भनेको गीत गाउँन हुने थापा बताउँछन् । ‘म सानो हुँदा खेरि सबैभन्दा सजिलोसम्म आएको भनेकै गाउन हो । डाक्टरी भनेको कुरा त धेरै पछि आएको कुरा हो,’ उनले भने ।

सांगीतिक यात्राको सुरुवाती दिन सम्झिदैँ थापाले भन्छन्, ‘बिचमा केही खान जानुहुन्थ्यो । मैले चाहिँ गितार बजाएर खेल्थे ।’

डाक्टर बनेपछि जतिबेला पनि जतिबेला पनि गीत गाउन मन लाग्ने सुमन सुनाउँछन् । ‘गायक त पहिलादेखि नै थिए । खाली गाउन मन लाग्थ्यो । पढ्न मन लाग्थेन । र म्युजिसियन नै भएर जिवन विताउन मन लागेको थियो । तर, डाक्टर पढ्दा धेरै गाह्रो भयो । सुरुमा फेल पनि भइयो । किनकि पढाईमा मन पनि थिएन । जतिबेला पनि गाउन मन लाथ्यो,’ उनले भने ।

सानैदेखि गीत गाउन सुरु गरेको उनले सुनाए । ‘कसरी आयो थाहा भएन । केही म्युजिक सुन्यो, केही गाना सुन्यो । सानो हुँदाखेरि गाइयो होला । तर, गाउन चाहिँ सानै देखि एकदमै गाइरहेको हो,’ उनले भने ।

कलकत्तामा पिएचडी सकेपछि उनी काठमाडौं फर्किएका थिए । त्यसपछि उनले ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका थिए । सांगीतिक यात्रा मात्रै अगाडि बढाइरहेका थिए । त्यसपछि उनी विर अस्पतालमा जोडिएका थिए ।

‘म डाक्टर बनेर फर्किएपछि गायन क्षेत्रमा मात्रै थिए । साथीहरुले विग्रियो भनेर विर अस्पतालमा काम गर्र्न लगाए । त्यसपछि केही समय त्यसैमा लागे’ उनले भने । थापाले विर अस्पतालदेखि मणिपाल अस्पतालसम्म काम गरेपनि गायनको भोक भने मेट्न सकेनन् । उनले विदेश गएर जलविन्दु रोगका अध्ययन गरेर फर्किएका सुमन अहिले पनि सांगितिक यात्रामा क्रियाशिल छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media