
पोखरा । देश तथा विदेशमा प्रदर्शन भैरहेको फिल्म ‘दयारानी’को गीत युट्युबमामर्फत सार्वजनिक भएको छ ।
‘लाइदेऊ छपक्कै’ बोलको गीतमा विनोद बानियाँ र मेलिना राईको आवाज सुन्न पाइन्छ । बानियाँको संगीतमा तयार भएको गीतको रचना मन क्षेत्रीले गरेका हुन् । क्षेत्रीका गीत यस अगाडि समेत नेपाली फिल्ममा समावेश गरिएको भएपनि बानियाँको भने फिल्मी क्षेत्रको लागि गायन र संगीत पहिलो पटक हो । बानियाँ यो गीतलाई लिएर उत्साहित समेत छन् ।
गीत तयार भएको लामो समय भएपनि फिल्म रिलिज पश्चात मात्र यो गीत हाइलाइट्स नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । फिल्मले दर्शकको माया पाइरहेको कारण समेत गीतको चर्चा समेत बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । गीतले सकारात्मक प्रतिक्रिया पाइरहेकाे कारण निर्माण युनिटमा थप उत्साह बढेको छ ।
माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, दीया पुन, बिजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, नयन गुरुङ, श्रृसा कुँवर, सुर्य सुनुवार, राजेन्द्र थापा, टिकाराम घले, सीता गुरुङ आदि कलाकारको अभिनय रहेको छ ।
माओत्से गुरुङ फिल्मको ब्यानर तथा बाँसुरी फिल्मकोस्को प्रस्तुतीमा यो फिल्म निर्माण भएको हो । मोहन गुरुङ टिला, न्यू आइटी भेन्चर जापान, किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्य प्रकाश गुरुङले फिल्ममा लगानी गरेका छन् ।
भिडियो
