कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा पाँच सदस्य मनोनीत

  • नेपाल अहिले
  • माघ २६, २०८०
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा पाँच सदस्य मनोनीत

काठमाडौं ।  नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’ मा आज पाँच जना सदस्य मनोनीत गरेको हो ।

पार्टीले उपसमितिमा नेपाल महिला सङ्घ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ समितिका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष दुजाङ शेर्पा, नेपाल भूतपूर्व सैनिक सङ्घ, केन्द्रीय तदर्थ कार्य समितिका अध्यक्ष अवकाश प्राप्त सुवेदार मेजर मेघराज टन्डन र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई लजानकारी दिए।

© 2026 All Rights Reserved | Nepal Ahile Media