जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ

  • नेपाल अहिले
  • माघ २६, २०८०
जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ

पोखरा । जुवातास खेलिरहेको अवस्थामा ८ जना मानिस नगद सहित पोखरामा पक्राउ परेका छन् । माघ २४ गते साँझ ५ बजेको
समयमा पोखरा २९ भण्डारढिकमा गीता पुनको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिई गएको प्रहरी टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूलाई जुवातास खेली रहेको अवस्थामा ३ बुक तास र नगद सन्ताउन्न हजार एक सय पन्चानब्बे रुपैयाँ सहित फेला पारेको प्रहरीको दावी छ । पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए।

पक्राउ पर्नेमा पोखरा २७ तालचोक बस्ने बर्ष ५६ को दल बहादुर गुरुङ, बर्ष ४० को कुम बहादुर गुरुङ, पोखरा २९ सैनिकबस्ती बस्ने बर्ष ३३ की शान्ता मल्ल ठकुरी, भण्डारढिक बस्ने बर्ष ३६ की सितादेवी गुरुङ, बर्ष ५७ को तुल बहादुर पुन, बर्ष ५६ को भुपाल गुरुङ, वर्ष ४८ को दुर्गा गुरुङ र पोखरा ३१ मोहोरियाटोल बस्ने बर्ष ३७ को जिवन शाही रहेको सूचना अधिकारी विकले खुलाए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media