nepal ahile circle final NEW

बिहीबारबाट गन्धर्व नाटकघरमा ‘धनिरामको गोरू’ मञ्चन हुँदै, तयारी पुरा

‘१२ दुर्वासा’ मञ्चन सम्पन्न, माघ १८ गतेबाट धनिरामको गोरु हेर्न पाइने

पोखरा । बिहीबारबाट मञ्चन सुरु हुने नाटक ‘धनिरामको गोरू’ को मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुन लागेको यो नाटक पद्माप्रेम थिएटरको प्रस्तुतिमा तयार भएको हो । नाटक माघ २७ गतेसम्म निरन्तर मञ्चन हुने पद्माप्रेम थिएटरले जनाएको छ ।

हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक शनिबार भने दिउँसो १ बजे समेत हेर्न पाइनेछ । गत भदौ २९ गते विधिवत रुपमा स्थापना भएको पद्माप्रेम थिएटरले पहिलोपटक नाटक मञ्चन गर्न लागेको हो । रंगमञ्चमा रुचि राख्ने र क्रियाशिल हुन खोज्ने महिलाहरूलाई साथमा लिएर संस्था स्थापना गरिएको संस्थापक सावित्रा पाठक सबुले बताइन् ।

केदारनाथ पौडेलले लेखेको नाटक कपिल शर्माले निर्देशन गर्दैछन् । नाटकको मुख्य पात्र धनिरामको भूमिका पोखरा थिएटरका सस्थापक सदस्य दीलप्रसाद गुरुङले निभाउदै छन् । यसैगरी विभु प्रसाद भुसाल, सबित्रा पाठक, ज्योती हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसाल, जय चापागाईँ र दीपेन्द्र पौडेलको अभिनय समेत हेर्न पाइनेछ । सबै कलाकारले आफ्नो भूमिकालाई मजबुत बनाउन केही दिनदेखि रिहर्सल गरिरहेका थिए। आफूहरुले गर्ने मेहनतले दर्शकको मत जित्ने विश्वास उनीहरूले गरेका छन् ।

हाम्रै समाजकै कथा भएकाले मञ्चन गर्न खोजिएको र सबैको साथका कारण आफूहरूको प्रयासले सार्थकता पाउने अध्यक्ष सबुको विश्वास छ । नाटकमा किसानका पीडा, उनीहरुको दैनिक जीवनयापन, जीवनशैली, बोलीचाली व्यवहार र लवज मिसाईएको छ । निरन्तर रुपमा पोखराको नाट्य क्षेत्रमा अगाडि बढ्ने लक्ष्यका साथ आफूहरूले संस्था स्थापना गरेरनै क्रियाशिलता बढाउन खोजेको उनको प्रष्टोक्ती थियो । नाटकको लागि सेट निर्माणको काम सकिएर बुधबार ग्राण्ड रिहर्सल गर्ने उनले बताइन् । बिहीबार देखि नियमित मञ्चनमा सबै नाटकप्रेमीलाई उपस्थित हुनको लागि उनले अनुरोध समेत गरेकी छन् ।

लेखक केदारनाथ पौडेल धनिरामको गोरु किसानको वास्तविक समस्यालाई केन्द्रित गरेर लेखेको कथा भएकोलेले दर्शकले अपनत्व प्राप्त गर्ने बताउँछन् ।

झण्डै सवा घण्टा अवधिको नाटक हेर्नको लागि ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काट्नुपर्नेहुन्छ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तिरेर नाटक हेर्ने व्यवस्था मिलाइएको छ ।

यो नाटक यस अगाडि गण्डकी प्रज्ञा उत्सबको छेको पारेर गण्डकी प्रज्ञा प्रतिस्ठानको भानुहलमा इन्द्रेणी थिएटरको प्रस्तुतीमा मञ्चन भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्