अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान शुरू

  • नेपाल अहिले
  • माघ १३, २०८०
अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान शुरू

अफगानिस्तान । खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान शु गरिएको छ ।

स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुईवटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा यात्रुहरूले थप उडानको माग गरिहेको टोलोन्युजले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको फ्लाईदुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media