nepal ahile circle final NEW

पोखराका ७ पत्रकारलाई एकसाथ पुरस्कार अर्पण

पोखराका ७ पत्रकारलाई एकसाथ पुरस्कार अर्पण

पोखरा । पोखराका ७ जना पत्रकार एकसाथ पुरस्कृत भएका छन् । उनीहरूलाई नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर पुरस्कार अर्पण गरेको हो ।

पुरस्कृत हुनेमा पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी रहेका छन् ।

उनीहरू मध्ये गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट न्यौपाने र २०८० बाट हमाल पुरस्कृत भएका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक पत्रकारिता पुरस्कार पत्रकार २०७८ टंकराज अधिकारी र २०७९ दीननाथ बराललाई अर्पण गरियो । यो पुरस्कारको राशी नगद ‍बीस हजार रुपैयाँ रहेको थियो ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई अर्पण गरियो । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ थियो । २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भइन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले पुरस्कार अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले पछिल्लो चरणमा फेक पत्रकारिताले मुलधारको पत्रकारितालाई असर पारेको बताए । पत्रकारिता क्षेत्रको विश्वसनियता बढाउन मुलधारका पत्रकारहरू क्रियाशील बन्नुपर्नेमा जाोड दिए । प्रदेश सरकारले पत्रकारिता क्षेत्रको वृत्ति विकासको लागि सहयोग गर्दै आएको बताए । प्रदेश सरकारले ल्याउन लागेको सञ्चार ऐन आगामी हिउँदे अधिवेशनमा पेश गर्ने र त्यसको कार्यान्वयन नहुदासम्म आफूलाई सधैं झकझकाइ रहन आग्रह गरें ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सरीता तिम्सिना पंगेनी, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, छनोट समितिको तर्फबाट महासंघका पुर्व अध्यक्ष कृष्णप्रसाद बास्तोला, पुरस्कार स्थापनाकर्ताको तर्फबाट सन्तोष भण्डारी,सुवर्ण राज कोइराला र शोभाकान्त सिग्देल, पुरस्कृत व्यक्तिको तर्फबाट कुलचन्द्र न्यौपानेले पुरस्कार तथा पत्रकारिता क्षेत्रको बारेमा आफ्ना भनाइ राखेका थिए ।

महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र सञ्चालन सचिव माधव बरालले गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्