nepal ahile circle final NEW

दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

सरकारी सञ्चारमाध्यम जनता र राज्यबीचको पुल हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरें ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिए।

भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीलगायतको सहभागिता थियो । उनीहरूले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा कुरा राखेका थिए ।

सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए  ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्