आत्मदाहको प्रयास गरेका ‘कृष्ण’ ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर

  • नेपाल अहिले
  • पौष २०, २०८०
आत्मदाहको प्रयास गरेका ‘कृष्ण’ ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर

पोखरा । कास्की प्रहरीले ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं.६ घर भई हाल पोखरा १३ काहुँखोला बस्ने वर्ष ४४ का कृष्ण बहादुर क्षेत्री छन् ।

उनलाई आफूमा भाडामा बस्ने घरको धरधनी संगीता सापकोटाको हत्या गरेको आरोप लागेको थियो । घटना भएको समयमा क्षेत्रीले पनि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । गत माघ १५ गते भएको यो घटना शंकास्पद देखिएपछि क्षेत्रीले घरधनी सापकोटाको आगो लगाई हत्या गरेर घटनालाई तोडमोड गर्न आफूले आत्मदाहको प्रयास गरेको भन्ने आरोप लगाउदै मुद्दा दायर भएको थियो ।

सो मुद्दामा कास्की जिल्ला अदालतले ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवानाको सजाए सुनाएको थियो । फैसला अनुसार उनले ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न वाँकी रहेको थियो । सुरुमा धरौटीमा रिहा भएका उनी फैसला पश्चात भने फरार रहेका थिए ।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतको तहसिल शाखामा उपस्थित गराई बाँकी सजाय भुक्त्तानको लागि कारागार कार्यलय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बि.क.ले जानकारी दिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media