nepal ahile circle final NEW

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरू बढी भएको प्रदेश होः मन्त्री साउद

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरू बढी भएको प्रदेश होः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताए ।

मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरू खुलेको बताए । उनले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘अहिले परिवेश, परिस्थिति, विकास बदलिएको छ । हाम्रो ठाउँमा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेका छन् । विकासका लागि चाहिने आधारभुत तत्वहरु सुदूरपश्चिममा देशका सातै वटा प्रदेश भन्दा सबैभन्दा ज्यादा छन् । यसका लागि अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धको कुरा आउँछ । त्यसमा उत्तर पनि पश्चिम पनि र दक्षिण पनि छ । उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत छ । खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिन खोज्ने हो भने कैलाली र कञ्चनपुरका फाँटहरू छन् । इरिग्रेसनका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ । त्यसमा जलविद्युतको सम्भवाना हेर्ने हो भनेपनि दुनियाँका सबैभन्दा पोर्टेन्सियल जलविद्युतको क्षेत्रमा पोर्टेन्सियल क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो । त्यहाँ नेपालका पाँच ठूला नदीमध्ये तीन वटा छन् । नेपाल आफैँ पनि दुनियाँको ठूलो जलश्रोतको पोटेन्सिलिटी भएको देश हो । पवित्र तीर्थस्थल पनि छन् । ठूलो सांस्कृतिक विरासत पनि छ ।’

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्