nepal ahile circle final NEW

माईतीघरको निषेधाज्ञा तत्काल हटाउन सरकारसँग गगन थापाको माग

फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन् ।

आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन् । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए ।

उनले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए । उनले  श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको इपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरवाही भएको दावी गरें।

महामन्त्री थापा भन्छन्-‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन ? लापरवाही हो भने दण्ड हुन्छ । यो त साउनदेखि भएको हो । मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ । यसमा गृहमन्त्रीज्युले सामान्य जानकारी गराउनुभएको छ । त्यसमा पनि हाम्रा केही आशंका छन् । यो समितिले गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको सुरक्षाको नेतृत्वले ठिक ढंगले काम गरेको छ की छैन ? यसको ल्याप्सेस कहाँ भयो भन्नेकुरासम्म पुग्छ की पुग्दैन ? श्रममन्त्रीको विषय पनि यहाँ छ । यो महत्वपूर्ण छ । साउनदेखिको विषयमा जानकारी राख्नुभयो की भएन । इपीएस कार्यालयमा समस्या भयो, भइरहेको छ । त्यो बेलामा पोल्टिकल लिडरशिप भनेको के हो ? श्रममन्त्रीको जिम्मेवारी होइन यो । श्रममन्त्रीले यत्रो भइसकेपछि अलिकति अतिरिक्त जाने भेट्ने कुरा गर्ने सम्हाल्ने होइन । जिम्मा के हो ? श्रममन्त्रीको बारेमा विभिन्न कुरा आएका छन्, गम्भीर कुरा उठेको छ, त्यसमा ठूलो अनुचित लाभ लिएको देखिन्छ । प्रधानमन्त्री कार्यालयलाई यसबारेमा जानकारी थियो की थिएन ? इपीएसको बारेमा संवाद गरेको छ की छैन । संवाद गरेको भए यि कुराहरु हुँदैन थिए ।’

महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरें । उनले माईतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए ।
उनले भने, ‘माईतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो । उहाँहरुले सरकारले सुन्छ भनेर माईतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माईतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरुको जीवन हेर्नेगरी अघि बढ्न सुझाव दिए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्