nepal ahile circle final NEW

प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छ: महामन्त्री थापा

फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा

काठमाडाैं ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन्। उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरें । उनले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले काँग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गरें । उनले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरें ।

उनले भने, ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ । काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरें उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटा पार्टी भित्रको निर्वाचन हामीलाई लाग्दो रहेछ, अर्को पार्टी बाहिरको लाग्दो रहेछ । यहाँ आउँदा अहिले पनि म ४ जना मानिस भेटेर आएको हो । एक जना २०१४ सालमा नेपाली काँग्रेसको सदस्यता लिनुभएको रहेछ । राष्ट्रिय सभामा मैले मौका पाउनुपर्‍यो भनेर मलाई भन्न आउनुभयो । अहिले यसो हेरेको राष्ट्रिय सभाको नौ जना उम्मेदवार बनाउनु छ । प्रदेशलाई जिम्मा दिएर पठायो, प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येक प्रदेशले ३ सय जनाको नाम पठाएको छ । २१ सय मानिसको नाम छ । काँटछाँट गर्दा हजार पुग्छन् । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ । टाउको गन्ने हो । यति जना मान्छे छ, सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ । अहिलेको सभापति मात्रै होइन, यो भन्दा पहिला स्व. सभापति सुशील कोईरालाको पालामा पनि त्यही हो, म भएपनि त्यही हो । अन्तिममा सभापतीले कोटको खल्तीबाट निकालने हो । सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ । ८ लाख ७० हजार सदस्यलाई कसरी न्याय दिने । मौका त सबैलाई दिनुपर्छ । महासमिति बैठकमा म प्रश्ताव गर्छु, त्यसमा छलफल गरौँ ।’

महामन्त्री शर्माले सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्