कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल

  • नेपाल अहिले
  • पौष १२, २०८०
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ। नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए।

आजको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरे‌ं ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस १३ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media