nepal ahile circle final NEW

सप्तरीका युवाले प्रधानमन्त्रीलाई बुझाए १० हजार हस्ताक्षर

सप्तरीका युवाले प्रधानमन्त्रीलाई बुझाए १० हजार हस्ताक्षर

काठमाडौं । सप्तरीका युवाहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सप्तरी युथ नेपालका तर्फबाट बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युवाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयबासीको १० हजार हस्ताक्षर बुझाएका छन् ।

प्रतिष्ठान निर्माण गर्न सरकारले ढिला गरेपछि युवाहरूले हस्ताक्षर संकलन गरी बुझाएर सरकारलाई दबाब दिएका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानको काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले प्रष्ठिानको रिक्त पदाधिकारी नियुक्ति लगायतका सबै काम अघि बढाउने बताए ।

‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु, कानुनी र प्राबिधिक सबै कुरा अघि बढ्छ,’ प्रधानमन्त्री  प्रचण्डले भने ।

सरकारले सप्तरीको राजबिराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। प्रतिष्ठानको शिलान्यास समेत भइसकेको छ । तर काम भने अघि बढेको छैन । सरकारले प्रतिष्ठानमा पदाधिकारी नियुक्त र आवश्यक बजेट भने दिएको छैन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्