nepal ahile circle final NEW

विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह

विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह

जनकपुर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार (आज) मटकोर विधि सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन् ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन छ । चलनअनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको हो ।

मटकोरमा नेपाल प्रहरी, सेना, मधेश प्रदेश सांसद, संघीय सांसद जुली महासेठ, साधुसन्त, श्रद्धालु भक्तजनलगातको उल्लेख्य उपस्थिति थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ ।

छैंटौं दिन (भोलि) स्वयंवर हुनेछ भने राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्