nepal ahile circle final NEW

सबै दलसँग छलफल गरी देशको हितका लागि काम गर्छौ: शेरबहादुर देउवा

सबै दलसँग छलफल गरी देशको हितका लागि काम गर्छौ: शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गरेका छन् ।

धनुषाको औरही गाउँपालिकास्थित औरहीगाउँमा आयोजित कार्यक्रममा सोमबार देउवाले धनुषा निर्वाचन क्षेत्र नं. २ का पूर्वसभापति स्वर्गीय सिंहको सालिक अनावरण गरेका हुन् ।

त्यस क्रममा देउवाले राष्ट्रिय सहमतिअनुसार सबै दलहरुसँग छलफल गरी देशको हितका लागि काम गरिने बताए ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रहरी समायोजन गरी सातवटै प्रदेशलाई आफ्नो प्रहरी प्रशासन हस्तान्तरण गर्न आवश्यक रेहेका बताए ।

उनले संविधान जारी भएपछि दुई पटक चुनाव भइसक्दा पनि प्रदेशहरुसित आफ्नो प्रहरी प्रशासन र कर्मचारी नभएका कारण प्रदेश सरकारले गर्नुपर्ने काम गर्न नसकिरहेको बताए ।

भारतमा हरेक प्रदेशको आफ्नै प्रहरी प्रशासन रहेको उदाहरण दिँदै नेतानिधिले अब कांग्रेसको एजेन्डा भनेको प्रहरी समायोजन, निजामती कर्मचारी हस्तान्तरण र स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु हुने जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, नेता चन्द्र मोहन यादव, कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, नेता रामकृष्ण यादव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्