nepal ahile circle final NEW

आनन्दराज बज्राचार्यको ‘तिमी बिना’ गीतमा सोफिया र सरोजको रोमान्स

आनन्दराज बज्राचार्यको ‘तिमी बिना’ गीतमा सोफिया र सरोजको रोमान्स

पोखरा । गायक आनन्दराज बज्राचार्यको आवाजमा रहेको गीत ‘तिमी बिना’ हालै दर्शक श्रोतामाझ आएको छ ।

सन्मान गुरुङको शब्द र संगीत रहेको गीत अमित गुरुङको संगीत संयोजन तथा अनिल गुरुङको एरेन्जमा तयार भएको हो । सन्मान गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत दीपक लामाले पल्स रेकडिङ स्टुडियो पोखरामा मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोलाई आकर्षक बनाउन निर्देशक नेत्र गुरुङ र उनको टीमले निकै मेहनत गरेका छन् । नेत्र इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको भिडियोमा सोफिया धरेल र सरोज पौडेलको रोमान्स हेर्न पाइन्छ । रोहित पाण्डेले खिचेको भिडियो सम्पादन निर्देशक गुरुङले नै गरेका हुन् ।

करियर भन्दा ठुलो आफ्नो लागि केही नभएको बताउने सोफियालाई कसरी सरोजको मायाले तान्छ भन्ने कुरा भिडियोमा देखाइएको छ । पोखरामा छायांकन गरिएकोले पोखराका सुन्दर दृश्य समेत त्यहाँ हेर्न पाइन्छ ।

यो गीत गायक बज्राचार्यको एल्बम कन्टिन्युटी-४ मा समावेश छ । देउराली व्याण्डबाट सांगीतिक यात्रा प्रारम्भ गरेका बज्राचार्यले ६ दर्जन भन्दा बढी गीतमा आवाज भरिसकेका छन् । हाल उनले सोलो गायकको रुपमा यात्रालाई निरन्तरता दिइरहेका छन् ।

हेरौं भिडियो 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्