nepal ahile circle final NEW

अर्थतन्त्रले गति लिँदै छ, देश खत्तम छ भनेर गीत नगाऊँ – अर्थमन्त्री महत

अर्थतन्त्रले गति लिँदै छ, देश खत्तम छ भनेर गीत नगाऊँ – अर्थमन्त्री महत

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्रले बिस्तारै गति लिँदै गरेको दाबी गरेका छन् । शनिबार पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले अहिले नेपालको अर्थतन्त्रले पिकअप लिइरहेको दाबी गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थामा अहिले तरलता रहेको र अर्थतन्त्रका धेरै सूचक सकारात्मक रूपमा अगाडि बढेको भन्दै उनले पिक अप लिँदै गरेको अर्थतन्त्र अझ अघि बढ्ने विश्वास समेत व्यक्त गरे ।

शुक्रबार राष्ट्रबैङ्कसँगको छलफलबाट ब्याजदर घटाउने निर्णय भएकोले त्यसले अर्थतन्त्र सुधारमा थप टेवा पुर्‍याउने अर्थमन्त्री महतको भनाई छ । ‘ब्याजदर, पोलिसि रेट महत्त्वपूर्ण इन्डिकेटर हो, एक प्रतिशत हिजो घटाउने निर्णय गरेको छ । रिस्क वइटेज कम गरेको छ । अरू विभिन्न सेक्टरमा प्रवाह हुने ऋणलाई सहज बनाएको छ । यसले सेयर मार्केट, जग्गा कारोबारदेखि अरू गतिविधिलाई पनि सहज गर्छ’, अर्थमन्त्री महतले भने ।

बजेटलाई चाँडो-चाँडो ठेक्कामा लगाएर त्यहाँबाट पुँजी प्रवाह गर्ने कार्यमा सरकार रातदिन लागेको समेत उनले बताए । यी दुवै परिस्थितिबाट नेपालको अर्थतन्त्रले बिस्तारै पिक अप गर्ने र त्यसको लक्षणसमेत देखा पर्न थालिसकेको अर्थमन्त्री महतको भनाई छ ।

उनले पछिल्लो समय देश खत्तम भयो भनेर नकारात्मक गीत गाउने काम भएको भन्दै त्यसलाई रोकेर सकारात्मक बहस गर्नुपर्ने समेत बताए । ‘विदेशबाट आउने विप्रेषण ३० प्रतिशतले बढेको छ, पर्यटन बढेको छ, बैंकमा तरलता छ,’ अर्थमन्त्री महतले भने, ‘ मूल कुरो चाहिँ यो देश खत्तम छ भनेर एक थरीले गीत गाएको गायै गर्ने र सुन्नेले पनि सामाजिक सञ्जालबाट पनि त्यही सुनेको सुन्यै गर्दा साँच्चै खत्तम नै छ क्या हो भन्ने सन्देश गएको छ ।’

अहिले फ्लो भइरहेका स्रोतहरू जगडेर बसेकोको तिनलाई चलायमान बनाएर देशमा सकारात्मक बहसको थालनी गर्नुपर्ने उनले बताए ।

अर्थमन्त्री महतले पहिला बैंक तथा वित्तीय संस्थाले ज्यादा खुकुलो गरेको र अहिले टाइट गर्दा असहज भएको भन्दै लिने दिने दुवैको उतिकै दायित्व रहेकाले मिलेर नै समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

दुर्गा प्रसाईँ तर्फ इङ्गित गर्दै उनले अहिले ऋण खाएर तिर्न नपर्ने भन्दै सामाजिक सञ्जालमा उ नै महान् हुने गरेकोले त्यस्तो असम्भव रहेको तर गर्दा गर्दै अप्ठेरोमा परेकालाई भने  ब्याज राहत दिएर थप समय दिनुपर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्