nepal ahile circle final NEW

तीन पसलमा चोरी, एक जना पक्राउ

तीन पसलमा चोरी, एक जना पक्राउ

काठमाडौं । रौतहटको कटहरिया बजारमा रहेका तिन वटा पसलबाट सामन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं. ५ बस्ने रामेश्वर राय यादव रहेको प्रहरीले जनाएको छ ।

पसलबाट सामन चोरी गरेर भाग्दै गरेको अवस्थामा यादव ईलाका प्रहरी कार्यालय कटहरियाको गस्ति टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरिक्षक रामछवेला यादवका अनुसार चोरीको घटना भएको पसल नजिकबाट दुई बजेको समयमा पक्राउ गरिएको हो ।

कटहरिया बजारको हनुमान मन्दिर नजिकमा रहेको शिवशङ्कर साह तेलीको गल्ला पसल, दिनेश प्रसाद जयसवाल र अवध प्रसाद जैसवालको पसलबाट नगद सहितका सामनहरु चोरी भएको हो ।

गल्ला पसलको मूल गेटमा लगाईएको तीन वटा ताला फोडेर (काठको बक्सा) बाट करिव एक लाख रुपैयाँ चोरी भएको गल्ल पसलका शिवशङ्कर साहले बताए ।

कटहरिया नगरपालिका भवन नजिकको मूल सडकमा रहेको दुई वटा काठको घुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेको प्रहरीले बताएको छ ।

एक जनाको नगद रु. १५ हजार, र अर्काको नगद रु. ३५ हजार तथा विभिन्न सामान चोरी लागेको उनीहरुले प्रहरी समक्ष बताएका छन् ।
चोरी भएको घटना थाहा पाउने बितिकै खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा चोरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेको चोरको साथबाट करिब रु. १५ हजार नगद र केही थान सामनहरु बरामद भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । यसअघि पनि चोरीको घटनामा यादव कारागारदेखि सुधार केन्द्रमा समेत बसिसकेका व्यक्ति हुन् ।

उता परोहा नगरपालिका ३ तेजापाकाडका हतियारधारी समूहले लुटपाट गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेको छ ।

स्थानिय इस्लाम अन्सारीको घरमा लुटेरा समूहले घर बाहिर आएर एक राउन्ड हवाई फायर गरेको स्थानियले दावी गरेका छन् ।
चोरी तथा लुटपाटका घटनाका बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्