विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री

  • नेपाल अहिले
  • मंसिर २२, २०८०
विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको परिवारसँग भेटेका छन् ।

भेटका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि पहल भइरहेको बताएका छन् ।

शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी पुगेका उनले बिहान धनगढी विमानस्थलमा जोशीका परिवारलाई भेटेका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा विपिनको छिटो उद्धार गरिदिन परिवारले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media