nepal ahile circle final NEW

मापदण्ड विपरीतका तराजु प्रयोग, बजार अनुगमन शून्य

मापदण्ड विपरीतका तराजु प्रयोग, बजार अनुगमन शून्य

काठमाडौं । रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको छ । नापतौलका लागि ढुंगा प्रयोग गर्न पाइँदैन । तर,ग्रामीण भेगका अधिंकाश व्यापारीले तराजुमा ढुंगा, इँटा, फलामको प्रयोग गर्ने गरेको पाइएको हो ।

‘खुद्रा व्यापारीले मात्रै होइन गाउँका मिलमा पनि मापदण्डका ढकतराजु हुँदैन,’शिवनगरका स्थानीय श्रीकान्त मिश्राले भने, ‘कसैले अनुगमन नगर्दा उपभोक्ता ठगिइरहेका छन् ।’ उनका अनुसार धान–चामल मात्रै नभइ तरकारी, फलफूल, माछा मासु खरिदबिक्रीमा पनि तराजुमा इँटा–ढुंगालाई ढक बनाएको जताततै देखिएको छ । ‘यो मापदण्डविपरीत भएपनि कुनै निकायले अनुगमन गरेर सचेत नगराउँदा मनपरी चलेको हो,’ उनले भने ।

स्थानीय शिक्षक दीपेन्द्र मिश्रा तराजुसमेत मापदण्डको नहुँदा उपभोक्ता ठगिने गरेको बताउँछन् । कतिपय व्यापारीले बाँसका ढकी बनाएर र डोरी गाँसेर तराजु बनाउने गरेका छन् । त्यसमा तौल गर्न ढकको साटो ढुगा, इँटा, फलामको प्रयोग हुन्छ । ‘नापतौल तथा गुणस्तर विभागबाट प्रमाणित नभएको तराजु तथा ढकको प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘सरोकारवाला निकायले ध्यान दिएमा यस्तो मनपरीमा नियन्त्रण हुने थियो ।’ नापतौलमामनपरी गर्नेलाई कारबाही हुनुपर्ने उनले बताए ।

जिल्ला प्रशासनसहित सरोकारवाला निकायले चाडपर्वका बेलामा बजार अनुगमन गरेपनि निरन्तरता नदिँदा व्यापारीले तौलमा आफूखुसी गरिरहेका हुन् । बजार अनुगमनलाई नियमित गरेर नापतौलमा भइरहेको मनपरी नियन्त्रण गर्न उपभोक्ता संरक्षण हित मञ्च रौतहटले सरोकारवाला निकायसँग माग गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्