महाधिवेशनको मिति तय गर्न नेकपा एसले मंगलबारलाई बोलायो सचिवालय बैठक

  • नेपाल अहिले
  • मंसिर १७, २०८०
महाधिवेशनको मिति तय गर्न नेकपा एसले मंगलबारलाई बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न भोली (मंगलबार) का लागि सचिवालय बैठक बोलाएको छ ।

यसअघि एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन १८ गते मंगलबारलाई सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

बैठक एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउन छलफल गर्ने बताइएको छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media