अर्थतन्त्रप्रति ढुक्क हुने अवस्था नरहेको निजीक्षेत्रको भनाई

  • नेपाल अहिले
  • मंसिर १५, २०८०
अर्थतन्त्रप्रति ढुक्क हुने अवस्था नरहेको निजीक्षेत्रको भनाई

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । उनले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हितहुने गरी सबै एकठाउँमा उभिनुपर्नेमा जोड दिए ।

आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजनको) २७ औँ बार्षिककोत्सव तथा सम्मान कर्मक्रममा उनले अर्थतन्त्रको सुुधारको लागि सरकारले निजी क्षेत्र,सम्बन्धीत अर्थका निकायहरु तथा राजनीतिक नेतृत्वसँग संवाद सुरुवात गरेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले जडिबुटिजन्य र हस्तकलाजन्य बस्तु उत्पादनको निर्यातमा प्रर्बद्धन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

अर्थतन्त्रको सुधार हालको सरकार र निजी क्षेत्रको पहलमा मात्र सम्भव हुनेमा उनी ढुक्क नभएको बताउँछन्।

उनले भने, ‘केही दिन अगाडिबाट प्रधानमन्त्रीज्युले अर्थतन्त्रलाई सकारत्मक र सुधार कसरी गर्ने भेर राजनीतिक दल, सरोकारवाला र निजी क्षेत्रलाई बोलाएर एउटा संवादको सुरुवात गरेको छ । यो छलफलले निरन्तराता पाउनुपर्छ, अझैपनि हामी अर्थतन्त्रको अवस्थालाई लिएर ढुक्क भएका छैनौ । सरकार निजी क्षेत्र, बैंकर्स सबै मिलेर अर्थतन्त्र सुधारको लागि देशको हित हुने कुरामा हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’

© 2026 All Rights Reserved | Nepal Ahile Media