नेपाली काँग्रेसको गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ गते हुने

  • नेपाल अहिले
  • मंसिर १५, २०८०
नेपाली काँग्रेसको गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ गते हुने

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले यही पुस ३ र ४ गते नेपाली काँग्रेसको गण्डकी प्रदेश सम्मेलन गर्नका लागि केन्द्रीय सभापति शेरबहादुर देउवाको समय व्यवस्थापन गरी मिति तय गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकले महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन गर्ने निर्णय गरेको छ । त्यस अघि मङ्सिर मसान्तसम्म जिल्लाहरूको भेला सम्पन्न गरी प्रतिवेदन प्रदेशमा पठाउने निर्णय गरिएको प्रवक्ता माधवप्रसाद वास्तोला(मधु)ले जानकारी दिए ।

त्यस्तै अन्य समितिहरूमा सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवाश समिति गठन गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रदेश सभापति शुक्रराज शर्माले विभिन्न विभागमा गरिएको मनोनयन सम्बन्धमा जानकारी गराए ।

जस अनुसार विभागका संयोजकहरूमा संगठन विभागमा हरी बराल, प्रदेश कानून तथा संसदीय मामिला विभागमा लक्ष्मी आचार्य, प्रदेश तथा स्थानीय निकाय विभागमा पुर्ण वहादुर दाहाल, भातृ संघ समन्वय विभागमा अजित क्षेत्री, शुभेच्छुक संस्था समन्वय विभागमा पुष्पा भट्टचन, पेशागत तथा वुद्धिजीवी विभागमा श्याम भण्डारी र भाषा, साहित्य, कला तथा संस्कृति विभागमा ईन्द्र पौडेल रहेका छन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि विभागमा शोभा अधिकारी, स्वास्थ्य विभागमा सीता काफ्ले लामिछाने, गैरसरकारी संस्था एवं सामाजिक सेवा विभागमा रविकला खनाल, अभिलेख अनुगमन तथा मूल्याङ्कन विभागमा पार्वती आचार्य, उद्योग, व्यापार, वाणिज्य तथा आपूर्ति विभागमा सरिता गुरुङ, भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागमा विरेन्द्रप्रसाद मण्डल, कृषि तथा भूमिसुधार विभागमा द्रोण बन सन्यासी, यूवा तथा खेलकूद विभागमा अनोद श्रेष्ठ, जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा हरिदत्त पौडेल, शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागमा जीत बहादुर नेपाली, ट्रेड यूनियन तथा श्रमिक विभागमा शकुन्तला शर्मा, वैदेशिक रोजगार समन्वय विभागमा प्रकाश दवाडी, द्वन्द व्यवस्थापन विभागमा चिन्ता बहादुर घले, अन्य पार्टी सम्पर्क विभागमा मायादेवी राना सहकारी विभागमा सीता गुरुङ, प्रशिक्षण प्रतिष्ठान विभागमा कल्पना तिवारी, सूचना, सञ्चार तथा प्रचार प्रसार विभागमा रमेश पौडेल छन् ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कार्यसमिति सदस्य एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी लगायतको उपस्थिति थियो ।

बैठकमा पार्टी सभापति शुक्रराज शर्माले पार्टीका जिम्मेवार व्यक्तिले गर्ने र भन्ने कुरा एकरुपता हुनुपर्ने बताउँदै त्यसले मात्रै पार्टी संगठनलाई बलियो बनाउने बताए। राष्टियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता, शान्ति एवम् सुशासन जस्ता पार्टीको विरासदको संरक्षण गर्दै पार्टी बचाउने गण्डकी प्रदेशको अभियानमा एकतावद्ध रुपमा लाग्न उनले सबैमा अनुरोध समेत गरें ।

नेपाली काग्रेसका केन्दिय सदस्य यबम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गरेका उपलब्धिलाई पार्टी पंक्तिबाट जनमानसमा पुर्‍याउन नसकिएको उनको भनाइ थियो ।

बैठकमा पार्टी पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठनको सुदृढीकरण लगायतका विषयमा आ अआफ्ना धारणा राखेको प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media