nepal ahile circle final NEW

रौतहटमा भोलिदेखि सामाचखेवा महोत्सव सुरु हुँदै

रौतहटमा भोलिदेखि सामाचखेवा महोत्सव सुरु हुँदै

रौतहट । तराई मधेशको लोकपर्व मानिने सामाचखेवा पर्वको अवसर पारेर भोलि सामाचखेवा महोत्सवसँगै कार्तिकेश कुँवर मेला लाग्ने भएको छ । मेला मंसिर १९ गतेसम्म सञ्चालन हुने छ ।

सामाचखेवा पर्वको अवसर पारेर रौतहटको चन्द्रपुर– ८ स्थित सन्तपुरमा सामाचखेवा महोत्सव तथा कार्तिकेश कुँवर मेला लाग्ने भएको छ । भोली (मंसिर ११ ) गते देखि सुरु हुने मेलामा समाचकेवा नृत्य, चितवनको थारू कल्चर नृत्य तथा खुल्ला नृत्य प्रतियोगिताका कार्यक्रम आयोजना हुने छन् ।

विगत ४६ बर्ष देखि लाग्दै आएको मेलामा यस बर्ष पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय उत्पादनको प्रबद्र्धन गर्न लागेको आयोजकले जानकारी दिएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको चन्द्रपुर– ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।
मेला हेर्न छिमेकी जिल्ला बारा, पर्सा, सर्लाही तथा भारतबाट समेत मानिसहरु आउने गरेको चौधरीको भनाई छ ।

परम्पराको नीरन्तरताको साथै लोक संस्कृतीको जगेर्नाको निम्ति हरेक बर्ष मेला आयोजना गर्ने गरिएको आयोजक समितिका अध्यक्ष रेमन चौधरीले जानकारी दिए ।

कार्तिक पूर्णिमाको दिन चेलीबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशिर्वाद दिने र भोलिपल्ट विधिवत अन्त्य गरिने चलन छ ।

यो पर्व द्वितीया तिथिदेखि पूणिर्मा तिथिसम्म मनाइन्छ । पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई दर्शायने सामा चखेवा लोकनाट्यको एउटा रूप मानिन्छ । जसमा माटोका मानव, पशु र चराको आकृति बनाइन्छ । दाजुभाइ र दिदी–बहिनीबीच प्रेम, समर्पण र श्रद्धाको रुपमा मनाइने पर्वको रौनक तराईका बजार क्षेत्रमा लोप हुँदै गएपनि गाउँघरतिर अझै महत्वका साथ मनाउने गरेको पाईन्छ ।

‘सामा–चकेवा’ पर्वमा गाइने भाकामा दाजुभाईका नाम उच्चारण गर्दै गीत गाउने,एक अर्कामा माया, सद्भाव दर्शाउनुका साथै पर्वको दशौं वा एघारौं दिन पूर्णिमा तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवाका रुपमा बनाइएका कलात्कम माटोका सामग्रीलाई विसर्जन गरेपछि यो पर्व समापन हुने गर्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्