nepal ahile circle final NEW

अवैध काठ लोड भएको गाडीसहित दुईजना पक्राउ

अवैध काठ लोड भएको गाडीसहित दुईजना पक्राउ

रौतहट । प्रहरीले गुजरा नगरपालिका–३ पशुपतिटोलबाट अबैध काठ लोड भएको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा वेश जंगलसहिया र प्रहरी चौकी हरिनगरबाट खटिएको संयुक्त टोलीले धनसर–जंगलसहिया सडकखण्डबाट प्रदेश २–०३–००१ च–५६७१ नम्वरको पिकअप गाडीबाट पाँचथान सालको गोलिया बरामद गरेको छ ।

बाराको निजगढ नगरपालिका वडा नं..८ खैरगारी टोलका २१ वर्षीइ बुद्ध थिङ र २३ वर्षीय सञ्जय लामालाई पक्राउ गरिएको सशस्त्रप्रहरी बल सुरक्षा वेश जंगलसहियाका प्रहरी नायव निरीक्षक सञ्जय बरालले बताए ।

पक्राउ गरिएको काठसहित गाडीलाई आवश्यक कारवाहीका लागि जगलसहिया बन–डिभिजन कार्यालय रौतहटमा बुझाइएको उनले जनाए ।

बरामद गरिएको काठ अन्दाजी १० लाख रुपैयाँ बराबरको रहेको जगलसैया सब–बन डिभिजन कार्यालय रौतहटका प्रमुख सहायक बन अधिकृत आरिफ अन्सारीले बताए ।

उनका अनुसार उक्त स्थानबाट साल गोलिया अन्दाजी ८० क्युबिकफिट बरामद गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्