nepal ahile circle final NEW

रौतहटबाट ४ थान हतियार बरामद, सशस्त्र प्रहरीका ४ जना जवान घाइते

रौतहटबाट ४ थान हतियार बरामद, सशस्त्र प्रहरीका ४ जना जवान  घाइते

मनोज कुमार साह,रौतहट । रौतहटको यमुनामाई गाँउपालिका–३ मल्हेनियबाट सशस्त्र प्रहरीले ४ थान हतियार बरामद गरेको छ ।
घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले स्थानिय १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्ने क्रममा अत्याधुनिक हतियार बरामद गरेको हो ।

लुकाएर राखेको अवस्थामा ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको छ ।
मेड इन अमेरिका लेखिएको दुई थान पेस्तोल, मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र एयर गन १ नाल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटले जनाएको छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नेपाली नागरिकता समेत बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर लामाले जानकारी दिएका छन् ।

अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा स्थानीयले ढुंगामुडा प्रहार गर्दा सशस्त्र प्रहरीको बीएबी ३२८० नम्बरको गाडीमा क्षति पुगेको छ भने सशस्त्र प्रहरीका ४ जना जवान समान्य घाइते भएको नम्बर ११ गणले बताएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्