nepal ahile circle final NEW

भिन्तुना र्‍यालीसहित पोखरामा नेपाल संवतकाे स्वागत गरिने

भिन्तुना र्‍यालीसहित पोखरामा नेपाल संवतकाे स्वागत गरिने

पोखरा । नेपाल संवत् ११४४  पोखरामा विविध कार्यक्रम गरि मानाइने भएको छ । नेवाः खल कास्कीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम सार्वजनिक गरेको छ । कार्तिक २८ गते भिन्तुना  र्‍यालीसहितका विविध कार्यक्रम आयोजना गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

२८ गते बिहान नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण, भिन्तुना र्‍याली र औपाचारीक मुल समारोह (शुभकामना आदान प्रदान)  आयोजना गरिएको पालिखेले जानकारी दिए ।

पोखरा पृथ्वीचोकबाट सुरु हुने र्‍याली नयाँबजार, महेन्द्रपुल, सिद्दार्थ चोक हुदै भिमसेनटोलमा पुगेर समापन हुने छ । र्‍यालीमा विभिन्न सास्कृतिक झाँकीसहित प्रदर्शन गरिने छ । र्‍यालीमा सहभागी समूहमध्यबाट प्रथम, द्धितिय, तृतिय र चौथो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको पालिखेले जानकारी दिए ।

यस वर्ष ११४४ को शुभ साइत कार्तिक २७ गते परेको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । हाल नेवार समुदायले नेपाल सम्बत् नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्