nepal ahile circle final NEW

भूकम्प प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार कार्य जारी

भूकम्प प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार कार्य जारी

काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

भूकम्पलगत्तै परिचालित फौजले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको विभिन्न ७ स्थानमा आफ्नो आधार बनाएर खोज तथा उद्धार जारी राखिएको सेनाले जनाएको छ ।

परिचालित फौजले, नेपाली सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवा २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्‍याईएको छ ।

यसैगरी, आजै बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उद्धार गरिएको जनाएको छ ।

‘स्वास्थ्यकर्मी एवं विशेषज्ञसहितको विभिन्न युनिटहरुको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेका छन् । जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट ईलाकामा खटिएको मेडिकल टोलीहरुबाट १२५ जना घाईतेहरुको उपचार भएको छ ।’ जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ ।

परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतको काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्