nepal ahile circle final NEW

भूकम्प प्रभावितकाे लागि १५ करोड ३९ लाख राहत घोषणा

गण्डकी प्रदेश सरकारले पठायो चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली

काठमाडौं। जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ।
मित्र राष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुबाट धमाधम आर्थिक सहयोगको घोषणा भैरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ।

स्थानीय निकायहरु, प्रदेश सरकार र संघीय सरकारहरुले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्।
चीन सरकारले १० करोड सहयोग दिने घोषणा गरेको छ। भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार राहत सहायताका लागि आर्थिक सहायताको घोषणा गरिसकेका छन्।

त्यसैगरी, बुध्द एयरले १ करोड, नेकपा एमालेले १ करोड, नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख, अर्ना वियरले २५ लाख, एनआरएन शर्मा समूहले २१ लाख, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा सहायता दिन अमेरिका, भारत, रुस र अन्य राष्ट्रहरुले पनि सरकारलाई सन्देश पठाईसकेका छन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्