nepal ahile circle final NEW

भूकम्पबाट पशुपन्छी समेत प्रभावित, उपचारमा पशु विशेषज्ञ टोली खटियो

भूकम्पबाट पशुपन्छी समेत प्रभावित, उपचारमा पशु विशेषज्ञ टोली खटियो

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली  प्रभावित क्षेत्रमा पठाएको हो ।

कृषि मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।

उनीहरुले भूकम्पले बढी प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिममा पशुचौपायाको उपचारमा खटिने छ ।

स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

शुक्रबार रातिको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको छ । सँगै धेरै घरपालुवा पशुचौपाय पनि भूकम्पबाट प्रभावित भएको छ ।

भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण दिएको छ । थप विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्