nepal ahile circle final NEW

भूकम्पमा ज्यान गुमाउनेको संख्या १ सय ५७ पुग्यो, ३ सय ७५ जना घाइते

गण्डकी प्रदेश सरकारले पठायो चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको गृहमन्त्रालयले शनिबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरेर जनाएको छ । भूकम्पमा गरी जाजरकोटमा मात्रै १ सय ५ र रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा  भूकम्पमा परी तीन सय ७५ जना घाइते भएको उल्लेख छ।

घटनाबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको प्रवक्ता भट्टराईले जनाएका छन्। सामान्य घाइतेको स्थानीय तथा जिल्ला अस्पताल र गम्भीर घाइतेको काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको समेत जनाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्