nepal ahile circle final NEW

सुर्खेत पुगेर रक्षामन्त्री खड्काले लिए घाइतेको अवस्थाबारे जानकारी

सुर्खेत पुगेर रक्षामन्त्री खड्काले लिए घाइतेको अवस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भुकम्पमा परि घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर नै घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिएकाहुन् ।

उनले विरामीहरु अवस्था बुझ्न र सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्न संघीय, स्थानिय र प्रदेश सरकारहरुसँग सहकार्यमा विरामीहरुको प्रत्यक्ष निरिक्षण गरिरहेको बताएका छन् ।

उनले भने, ‘यहाँ विरामीको निरिक्षण गर्दैै चिकित्साकर्मीहरुसँग राजधानी पुर्‍याउँनु पर्ने छ भने सेनाको हेरिकप्टर मार्फत पुर्‍याउँने पनिव्यवस्था गरेको अनुरोध गरेका छौ । यस्तै, विरामीहरुको लागिआवश्यक अस्पतालमा नभएको व्यवस्था गर्न पनि सरकार तयार छ । सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्नको लागि विरामीहरुको प्रत्यक्ष निरिक्षण गरिरहेका छौ । संघीय, स्थानिय र प्रदेश सरकारहरुसँग सहकार्य गरेर हामीयो कामलाई अगाडि बढाई रहेका छौ ।’

यस्तै, उनले विमानस्थलमा बसेर विरामीहरुलाई सहज रुपमा हवाई मार्ग मार्फत अस्पताल पुर्‍याउँने काममा निरन्तर रुपमालागि रहेको बताएका छन् ।

उनले भने, ‘विमानस्थलमा बसेर विरामीहरुलाई सहज रुपमाहवाई मार्ग मार्फत भूकम्पले क्षति पुराएको स्थानबाट विरामीहरुलाई उद्धार गर्ने, अस्पतालमा पुर्‍याउँने, आवश्यक सामग्रीहरु पुराउँने, विभिन्नखाद्यन्न सामानहरु, भाडाहरु पठाउँने काम गरेका छौ । मन्त्रिपरिषद्को बैठकले राहतका कुराहरु भोली निर्णय गर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्