nepal ahile circle final NEW

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ४३ पुग्यो

उद्धारमा जुट्न माओवादी केन्द्रको पार्टी संगठनलाई निर्देशन

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ जना पुगेको छ ।

अपराह्न ३:३० बजेसम्म जाजरकोटमा १ सय ५  र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनले घाईतेको उद्दार भईरहेको बताए । जाजरकोटमा ८५ जना र रुकुम पश्चिममा ८१ जना गरी ८५ घाइते भएका छन् ।

गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडँ  केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलकाे   भूकम्प गएको थियो ।

सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५-५ करोड तत्काल पठाउने निर्णय  गरेको छ ।

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्