nepal ahile circle final NEW

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म सिमसहितको निःशुल्क कल र एसएमएस

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता जनाएको छ ।

टेलिकमले पाँच दिनका लागि निशुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको हो ।
‘प्रभावित क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।’

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्तेको वाइफालाई सेवा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ ।
प्रकाशचन्द्र सिग्देल :९८५१०२१७४०
जनक डाँगी : ९८५११०९९५५
ओमप्रकाश ढकाल :९८५१३४७८७०

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्