nepal ahile circle final NEW

भूकम्पबाट जुम्लामा पाँचजना समान्य घाईते, केही घर चर्किए

भूकम्पबाट जुम्लामा पाँचजना समान्य घाईते, केही घर चर्किए

काठमाडौं। गएरातीको भूकम्पबाट जुम्लामा  सामान्य प्रभाव परेको छ ।

जुम्लाको तातोपानी गाउँपालिका ३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतमको हातमा सामान्य चोट र उनका छोरा बर्ष ११ महिनाको आयुष गौतमको पनि आँखामा चोट लागेर सामान्य घाइते भएका छन् । तातोपानीकै बर्ष १४ का निराजन उपाध्यायको पनि हातमा चोट लागेको छ ।

यता तिला गाउँपालिका ३ दानीवाडा निवासी बर्ष ११ कि सपना थापालाई सामान्य चोट लागेको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिएका छन् ।

त्यहाँका केही घरहरु पनि भत्किएका र केही चर्किएको बिषयमा प्रहरीले तथ्याङ्क संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले बताए। उनका अनुसार तातोपानी ४ का हरि बहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खस्दा उनी भाग्न खोज्दा खुट्टामा चोट लागेको छ ।

त्यस्तै तिला गा पा वडा न ३, ५ र ९ रहेका केही घरहरु र बिद्यालयहरुका भवनमा चर्केका छन् ।

यसैगरी चन्दननाथ नगरपालिका ८ निवासी ४६ वर्षका बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको छ भने अरु कोठा चर्किएका छन् ।

अरु घाइतेहरुको अबस्था सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमको गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार सबैगाउँ घरहरु चर्किएको खवर आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्