nepal ahile circle final NEW

घाइतेको उद्दार र उपचार नै सरकारको पहिलो प्राथमिकता: मन्त्री खड्का

घाइतेको उद्दार र उपचार नै सरकारको पहिलो प्राथमिकता: मन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले, राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा उद्दारमा केन्द्रित गरिएको बताएका छन् ।

शनिबार भूकम्प प्रभावितको उद्दारका लागि प्रभावित क्षेत्र जानुअघि सुर्खेत विमानस्थलमा खड्काले, राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी भूकम्पका घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्दार तथा औषधोपचार गर्नु नै पहिलो प्राथमिकता भएको बताए ।

दिनभरी घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने उनको भनाई छ ।
उनले भने, ‘पीडितको उद्दारका लागि सक्रियतापूर्वक लागेका छाैँ । जतिपनि हामीसँग साधन छन् सबै परिचालन गरेका छौं ।

हामी पाँचवटा हेलिकप्टर प्रयोग गरेर पहिला आज दिनभरी दुर्घटना भएको ठाउँबाट बिरामीहरुलाई स्वास्थ्य संस्था पुर्याउने काम गछौं । त्यसपछि मात्रै गर्नुपर्ने प्रारम्भिक उद्दार र राहतको कार्य सुरु गर्नेगरी संयोजन गरेर काम अगाडि बडाएका छौं ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्