nepal ahile circle final NEW

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ३३ पुग्यो

उद्धारमा जुट्न माओवादी केन्द्रको पार्टी संगठनलाई निर्देशन

काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ ।

विहान ११ बजेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनले घाईतेको उद्दार भईरहेको बताए । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ ।

त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्