nepal ahile circle final NEW

भूकम्प पीडितका लागि ५० लाख दिने कांग्रेसकाे निर्णय

भूकम्प प्रभावितको सुरक्षीत बसोबास ,राहत र उद्दारमा लाग्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई ५०  लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गएरातीको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न समेत अजिल गरेको छ ।
भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति सँगै धेरै नागरिक घाइते भएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्