nepal ahile circle final NEW

संसदका दुवै सदनका प्रमुखद्वारा भूकम्प पीडितप्रति सहानुभूति

संसदका दुवै सदनका प्रमुखद्वारा भूकम्प पीडितप्रति सहानुभूति

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जाजरकोट भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको क्षणमा सिङ्गो राष्ट्र एक भएर घाइतेहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा जुट्न अपील गरेका छन् ।

सामाजीक सञ्जाल फेसबुकमार्फत सभामुख घिमिरेले लेखेका छन्,‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्दार र राहतमा सक्रिय रुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।’

गता राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुगेकोमा दुख व्यक्त गर्दै विपतको बेला सबै एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै उनले विपद्को समयमा घाइतेको उपचार पीडितको उद्धार, राहत र पुर्नःस्थापनामा सबै मिलेर एकजुट जुट्नुपर्ने बताएका हुन् ।

प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमा नै घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पूर्नस्थापनाका लागि उनले राहत र उद्धारका लागि सरकार, सबै राजनैतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह समेत गरेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सय जना भन्दा बढीको ज्यान गएको छ भने धेरै घाइते भएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्