nepal ahile circle final NEW

प्रधानमन्त्री प्रचण्डले घाइतेको उद्दार गरी हेलिकप्टरमा सुर्खेत ल्याए  

प्रधानमन्त्री प्रचण्डले घाइतेको उद्दार गरी हेलिकप्टरमा सुर्खेत ल्याए  

काठमाडौं, १८ कार्तिक । भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकप्टरमा भूकम्पका घाइतेलाई उद्धार गरेर सुर्खेत अस्पताल तर्फ लगिएको छ    ।

भूकम्पबाट घाइते भएका नलगाड नगरपालिकाका  ७ जना र कुरुवा ७ जना गरी १४ जना बोकेर हेलिकप्टर सुर्खेत तर्फ उडेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार अहिले पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ ।

उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्