nepal ahile circle final NEW

भूकम्प पीडितहरुमाझ पुगे प्रधानमन्त्री प्रचण्ड: उद्दार, उपचार र राहतमा साधनश्रोत केन्द्रित

भूकम्प पीडितहरुमाझ पुगे प्रधानमन्त्री प्रचण्ड: उद्दार, उपचार र राहतमा साधनश्रोत केन्द्रित

काठमाडौं, १८ कार्तिक । भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडितहरुमाझ पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्रीले भूकम्प प्रभावित पीडितहरुसँग भेटघाट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बिहानैबाट स्थलगत निरिक्षण गरेका प्रधानमन्त्री प्रचण्डले  जिल्ला अस्पताल जाजरकोट पुगेर उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्था बुझेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार अहिले पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ । उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि सचिवालयले जनाएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरु खटिएको सचिवालयले बताएको  छ ।

हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेका छन्  ।

तत्काल उपलब्ध राहत सामाग्री हेलिकप्टर र जहाजमार्फत पठाईसकिएको र उनीहरुले आफनो तर्फवाट काम सुचारु गरेको सचिवालयले जानकारी दिएको छ  ।

गृहमन्त्रालयमार्फत प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन भएको र सम्पुर्ण देशवासी तथा आज नै प्रभावित क्षेत्रमा पुगेर मद्दत गर्न सक्ने जिल्लाहरु सुर्खेत, सल्यान, बाके, बर्दिया र दाङ लगायतका जिल्लाका प्रशासन कार्यालयसङ्ग समन्वय गरि उद्दार र राहतमा जुट्न सक्ने गरी ब्यवस्था मिलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै दखि प्रभावित क्षेत्रमा आवश्यक पर्ने खाधन्न, पिउने पानी, लत्ताकपडा, पाल आदीको व्यवस्थापनको लागि सहयोग गर्न सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, सामाजिक संघ, संस्था तथा आम जनसमुदायलाई प्रधानमन्त्रीको सचिवालयले अपिल गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्